काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ४ हजार रूपैयाँले घटेर १ लाख ६४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५५ रूपैयाँले घटेर १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


