काठमाडौं । नोपली बजारमा सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीमा भन्सार महसुल घटेसँगै सुनचाँदीको मूल्यमा गिरावट आएको हो । सुनमा २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।


