बुधबार, भाद्र २४ गते २०८३
images

यु-१९ एसिया कपमा नेपालले आज पहिलो खेल श्रीलंकासँग खेल्दै

एक्सप्रेस पाना
मंसिर १४, २०८१ शुक्रबार
  • 208
    SHARES
  • यु-१९ एसिया कपमा नेपालले आज पहिलो खेल श्रीलंकासँग खेल्दै

    काठमाडौं । एसीसी यु-१९ एसिया कपमा नेपालले आज पहिलो खेल श्रीलंकासँग खेल्दैछ । 

    images

    शुक्रबार यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान १० ४५ बजे सुरु हुने छ। 

    हेमन्त धामीको कप्तानीमा नेपाली १५ सदस्यीय टोलि यूएइ गएका छन् । टोलीमा हेमन्त धामी, अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् । 

    images

    दुवै टोली जित हात पार्दै खेलमा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् । टेस्ट राष्ट्र श्रीलंकाको अन्डर–१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन।

    हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर(नाइन्टिन टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो। बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। पहिलो पटक नेपाली टोलीलाई सम्हालिरहेका शक्ति गौचनको प्रशिक्षणबाट क्रिकेट प्रशंसकले ठूलो अपेक्षा राखेका छन्। 

    अर्को खेलमा आजै अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा एसियाका आठ देश सहभागी छन्। नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह एमा भारत, पाकिस्तान, जापान र यूएई छन्। 

    नेपालले आफ्नो दोस्रो खेल १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। 

  • सम्बन्धित विषय:

  • # यु-१९ एसिया कप