बुधबार, भाद्र २४ गते २०८३
images

यु १९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 249
    SHARES
  • यु १९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

    काठमाडौं । युएईमा जारी यु १९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

    images

    मंगलबार युएईको सारजाहमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा अल आउट हुदै १ सय २३ रन बनाएको हो । 

    अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । खातीर खानले २६ बलमा १५, अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

    images

    नेपालका लागि युनिश बिक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।

    नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । 

  • सम्बन्धित विषय:

  • # नेपाली क्रिकेट
  • # यु-१९ एसिया कप