बुधबार, भाद्र २४ गते २०८३
images

भारतलाई हराउँदै बंगलादेशले जित्यो यु १९ एसिया कप

एक्सप्रेस पाना
मंसिर २४, २०८१ सोमबार
  • 325
    SHARES
  • भारतलाई हराउँदै बंगलादेशले जित्यो यु १९ एसिया कप

    काठमाडौं । भारतलाई पराजित गर्दै बंगलादेशले यु १९ एसिया कप जितेको छ ।

    images

    आइतबार युएईमा भएको यु १९ एसिया कपको फाइनल खेलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन भएको हो ।

    बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु १९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।

    images

    १ सय ९९ रनको लक्ष्य पछ्याएको भारतले ३५.२ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनायो ।

    भारतका कप्तान मोहम्मद अमानले सर्वाधिक ३६ रन बनाए भने हार्दिक राज २४, केपि कार्तिक्य २१ रन जोडे । बंगलादेशका लागि अजिजुल हाकिम र एकवाल होसैनले समान ३ तथा अल फहादले २ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९.१ ओभरमा १ सय ९८ रन बनाएको थियो । 

    बंगलादेशका रियाज होसनले सर्वाधिक ४७ तथा मोहम्मद जेम्सले ४० रन जोडे । 

    भारतका लागि युदराज गुहा, चेतन शर्मा र हार्दिक राजले समान २ तथा किरन चोरमाली, केपि कार्तिय र आयुष महतराले समान १ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # यु-१९ एसिया कप