बुधबार, भाद्र २४ गते २०८३
images

यू–१९ महिला एसिया कपमा नेपाल र भारतबिचको खेल वर्षाका कारण रद्द

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 393
    SHARES
  • यू–१९ महिला एसिया कपमा नेपाल र भारतबिचको खेल वर्षाका कारण रद्द

    काठमाडौं । एसीसी यू–१९ महिला एसिया कपमा नेपाल र भारतको खेल वर्षातका कारण रद्द भएको छ। 

    images

    मंगलबार मलेसियामा जारी यू–१९ एसिया कपमा नेपाल र भारतको खेल वर्षातका कारण रद्द भएको हो । 

    खेल बीचैमा रोकिएसँगै नेपाल र भारतले १–१ अंक बाँडेका छन्। अब ग्रुप एमा नेपाल र भारतको ३–३ अंक हुँदा दुवै खेल हारेको पाकिस्तान अंकविहीन छ। 

    images

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९५ रनको लक्ष्य पेस गरेको थियो। 

    ९५ रनको लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा विना विकेट क्षतिमा २८ रन बनाएपछि खेल परिणामविहीन अवस्थामा रोकिएको हो। 

    पाकिस्तान, भारत र नेपाल रहेको समूहमा नेपाल यसअघि नै सुपर ४ मा पुगिसकेको छ। 

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला एसिया कप