शनिबार, भाद्र २७ गते २०८३
images

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

एक्सप्रेस पाना
पौष ५, २०८१ शुक्रबार
  • 350
    SHARES
  • नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

    काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् ।

    images

    नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् ।


    लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन् ।

    images

    साथै उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # डा. बिन्दुनाथ लोहनी