काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् ।
आज बौद्ध तुसालमार्गस्थित हायात होटलमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा गुञ्जिन उनी काठमाडौं आइपुगेका हुन् । नेपालीसँग उनको यो पहिलो साक्षात्कार हो ।
आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्छन् । उनले नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको बताए।
बाह्र हजार दर्शक क्षमता रहेको हायात होटलमा आज अपरान्ह सोनुले गाउनेछन् । गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।
यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।


