काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा आवेदन फाराम खुलेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यालय कक्षा दशले २०८१ सालको एसइई को परीक्षा आवेदन फाराम खुलाएको हो । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै एक महिनाको समय दिएर फाराम खुला गरेको हो ।
पुस १२ देखि माघ १२ गतेभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
आवेदन फारम भर्दा परीक्षा दस्तुर बापत प्रतिपरीक्षार्थीले पाँच सय रूपैयाँ बुझाउनुपर्ने छ ।



