मंगलबार, भाद्र २३ गते २०८३
images

साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने

एक्सप्रेस पाना
पौष २८, २०८१ आइतबार
  • 255
    SHARES
  • साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ ।

    images

    यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

     उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९/८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । 
     

    images

  • सम्बन्धित विषय:

  • # लाभांश
  • # साल्ट ट्रेडिङ कर्पोरेसन