काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य अंकले बढेको छ ।
आज बजार १.८३ अंकले बढेर २५९५.९६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ५ अर्ब ८२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ।
बुधबार १ सय २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाकी १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।


