मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ५.०८ अंकले बढ्यो सेयर बजार,६ अर्ब १९ करोडको कारोबार

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 261
    SHARES
  • मंगलबार ५.०८ अंकले बढ्यो सेयर बजार,६ अर्ब १९ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ५.०८ अंकले बढेर २६१३.०८को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    मंगलबार बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको कारोबार भएको छ । 

    images

    आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    मंगलबार मंदाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको हो । 

    त्यसैगरी रिभर फल्स पावर लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से