आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ आज सुनचाँदीको बजार भाउ

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 547
    SHARES
  • यस्तो छ आज सुनचाँदीको बजार भाउ

    असोज २४ काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो । 

    images

    यसैगरी, महासंघले तेजाबी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ निर्धारण गरेको छ । गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ रहेको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार  एक सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो । 

    images