आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौंको शंखरापुर स्कुल बस दुर्घटना:२७ जनाको डिस्चार्ज

एक्सप्रेस पाना
फाल्गुण १, २०८१ बिहीबार
  • 284
    SHARES
  • काठमाडौंको शंखरापुर स्कुल बस दुर्घटना:२७ जनाको डिस्चार्ज

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा बुधबार भएको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको डिस्चार्ज भएको छ । 

    images

    विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएको हो भने अन्य १६ जना घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

    images

    शंखरापुर नगरपालिकास्थित वडा नम्बर ५ मा विद्यार्थीहरू बनभोज गएर फर्किएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो । बुधबार नै उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना