शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘भाइरल गोर्खे’को फस्टलुक सार्वजनिक

एक्सप्रेस पाना
फाल्गुण २, २०८१ शुक्रबार
  • 347
    SHARES
  • चलचित्र ‘भाइरल गोर्खे’को फस्टलुक सार्वजनिक

    काठमाडौं । निगम श्रेष्ठले निर्देशन गरेका चलचित्र ‘भाइरल गोर्खे’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । 

    images

    शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । 

    सार्वजनिक गरिएको एउटा पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ ।

    images

    अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । यो सिनेमाले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तीलाई व्यंग गरेको बुझ्न सकिन्छ ।

    निर्देशक निगम श्रेष्ठले भने,‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । यसमै हाम्रो यो सिनेमा केन्द्रित रहनेछ । भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।’

    निर्भाना फिल्म स्कुल र द जिएमआई एकेडेमीको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । 
    विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको यस सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको छायांकन रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

  • सम्बन्धित विषय:

  • # ‘भाइरल गोर्खे
  • # सौगात मल्ल