शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौको महाराजगंजमा खुल्यो टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटको नयाँ शाखा

एक्सप्रेस पाना
फाल्गुण ७, २०८१ बुधबार
  • 1.5K
    SHARES
  • काठमाडौको महाराजगंजमा खुल्यो टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटको नयाँ शाखा

    काठमाडौं । जापानिज भाषा पढ्नुका साथै काम पनि गर्न ईच्छुक विधार्थीहरुका लागि काठमाडौंको महाराजगंजमा सोमवार एक कार्यक्रमकाबिच टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटको दोस्रो शाखा सञ्चालनमा आएको छ । 

    images

    इन्स्टिच्युटका संस्थापक एवं कार्यकारी निर्देशक प्रकाश महराले रिबन काटेर शाखाको उद्घाटन गरेका थिए भने रिटर्नी एसोसिएसन नेपालका अध्यक्ष प्रविन पौडेल र शाखा प्रबन्धक नवीन ओली लगायतको टिमले समुद्घाटन गरेका थिए । 

    टोकियो इन्टरनेशनल एजुकेशनले हालसम्म १०/१२ हजार भन्दा बढी विद्यार्थीहरूको भिषा लगाउन सफल भएको सो इन्स्टिच्युटका संस्थापक एवं कार्यकारी निर्देशक महराले बताए ।

    images

    जापानमा भिषा लगाउने मात्रै नभई गएका विद्यार्थीहरूलाई काम खोजेर काममा समेत लगाइदिने गरेको उनले बताए । 

    निर्देशक महराले SSW मा जाने  विद्यार्थीहरूले JFT, JLPT 4 उत्तीर्ण गरेको विद्यार्थीहरूका लागी कामदार भिसा र विद्यार्थी भिजामा जान सहज उपलब्ध भएको जानकारी दिए। 

    उनले जापानिज भाषा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन गराइने बताउँदै यस संस्थाको जापानमा आफ्नै सम्पर्क कार्यालय तथा होस्टेलसमेत रहेको जानकारी दिए । 

    यस संस्थाले निःशुल्क परामर्श सेवा समेत दिदैँ आएको छ । प्लस टु,ब्याचलर र मास्टर्स पास भएर पढाई ग्याप भएका विद्यार्थीहरूको पनि भिषा लगाउन सफल भएको इन्स्टिच्युटको दाबी छ ।

    यस इन्स्टिच्युटले विगत १० बर्ष भन्दा बढि समयदेखी विद्यार्थीहरूलाई उनीहरूको सही भविष्य बनाउनको लागि आवश्यक भाषा शिक्षा र अन्य मार्गदर्शन प्रदान गर्ने लक्ष्यका साथ आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    यस इन्स्टिच्युटले जापानमा पढ्न चाहाने विद्यार्थीहरूलाई NAT, JLCT, JLPT, J.TEST, J-CERT र TOPJ परीक्षाहरूको लागि तयारी गराउँदै आएको छ। साथै यस संस्थाले जापान अलवा अष्ट्रेलिया, युके र डेनमार्कमा अध्ययन गर्न चाहाने विद्यार्थीहरूलाई IELTS, PTE जस्ता अंग्रेजी भाषा पाठ्यक्रमहरूको लागि पनि कक्षा सञ्चालन गर्दै आएको छ । 

    टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटले निःशुल्क परामर्श र भिसा आवश्यकताहरू जस्तै महत्त्वपूर्ण जानकारी प्रदान गर्छ । यस इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई जापानमा शीर्ष र उत्कृष्ट विश्वविद्यालयहरू छनोट गर्न मद्दत गर्ने जनाएको छ ।

    थप जानकारीको लागि लिंक दिइएको छ । 

    www.tokyoiedu.com.np
     

     

  • सम्बन्धित विषय:

  • # टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट