शनिबार, भाद्र २७ गते २०८३
images

केआईआईटीबाट एक सय ५९ नेपाली विद्यार्थी फर्किए

एक्सप्रेस पाना
फाल्गुण ९, २०८१ शुक्रबार
  • 271
    SHARES
  • केआईआईटीबाट एक सय ५९ नेपाली विद्यार्थी फर्किए

    काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

    images

    केआईआईटीमा अध्ययनरत  विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । 

    बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

    images

  • सम्बन्धित विषय:

  • # केआईआईटी विश्वविद्यालय