काठमाडौं । केहि दिनदेखी लगातार बढेको सुनको मुल्य मंगलबार पनि बढेको छ ।
मंगलबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो ।
सोमबार सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदकिो मुलय भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


