काठमाडौं । गोरखामा मनकामना मन्दिर दर्शनार्थी सवार भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब साढे ११ बजे ईभी माइक्रो बस शहीद लखन गाउँपालिका–३ अन्तर्गत आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु र अन्य १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनामा घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।
.jpg)


