आइतबार, कार्तिक १६ गते २०८३
images
images

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 294
    SHARES
  • जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

    काठमाडौं । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

    images

    शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ । यधपी घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने उनले बताए ।

    images

    १५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए । अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताए ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना