शनिबार, भाद्र २७ गते २०८३
images

तटस्थ र शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 263
    SHARES
  • तटस्थ र शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अनुरोध गरेको छ ।

    images

    मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै त्रिभुनव विश्वविद्यालय (त्रिवि)को यही चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा गराउन र निर्धारित निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी संगठनलाई अनुरोध गरेका हुन् ।

    “निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानुनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानुनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको छ,” प्रवक्ता सापकोटाले भने, “त्यस्ता आचारसंहिता विपरीत हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरूलाई अनुरोध गरिन्छ ।”

    images

    मन्त्रालयले स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

    त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # स्ववियु निर्वाचन