आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

एक्सप्रेस पाना
चैत्र १७, २०८१ आइतबार
  • 364
    SHARES
  • दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

    काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ । 

    images

    प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

    प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन् ।

    images

    उनको निवेदनमा लेखिएको छ ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन्। यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पुर्णरुपमा कानुन विपरित र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्यक्तीहरुको विवाह दर्ता गरिदिनु भनि सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान÷अवहेलना समेत हो ।’

    उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न माग समेत राखेका छन् ।

    केही दिनअघि सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

    मागहरु: 
    १. श्री दुर्गा प्रसाईविरुद्ध कानुनी अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाइयोस्।
    २. भ्रामक अभिव्यक्ति हटाउन तथा सार्वजनिक रूपमा माफि माग्न लगाइयोस्।
    ३. भविष्यमा यस्ता गलत सूचना प्रवाह नगर्न सचेत गराइयोस्।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं