काठमाडौं । अफगानिस्तानको यू-१९ टिमले नेपाललाई ३०१ रनको लक्ष्य दिएको छ ।
बिहिबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउदै ३०० रन बनाएको हो ।
अफगानिस्तानका लागि फैजल शिनोजादाले ९७ रन बनाएका थिए भने खालिद अहमदजाईले ७६ रन बनाएका थिए । त्यस्तै बरकत इब्राइमजाईले ३५, उजैरुल्लाह नियाजाईले २४, अजिजुल्लाह मिया खिलले २१ रन र अब्दुल अजिजले अविजित १५ रन बनाएका थिए ।
नेपालका बलर सन्तोष यादवले ३ विकेट लिए भने भने अभिषेक तिवारीले २ तथा दयानन्द मण्डल र विपिन शर्माले एक एक विकेट लिएका थिए ।


