मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मूल्यमा भारी गिरावट,एकै दिन ३९ सय रुपैयाँले घट्यो

एक्सप्रेस पाना
चैत्र २२, २०८१ शुक्रबार
  • 417
    SHARES
  • शुक्रबार सुनको मूल्यमा भारी गिरावट,एकै दिन ३९ सय रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

    images

    बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक लाख ८० हजार ३ सय रुपैयाँका कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य