शनिबार, भाद्र २७ गते २०८३
images

मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

एक्सप्रेस पाना
चैत्र २५, २०८१ सोमबार
  • 450
    SHARES
  • मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

    काठमाडौं । नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् ।

    images

    शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।

    Photo (3) (7).jpg

    images

    Photo (8) (6).jpg नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । 

    आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

    Photo (19) (4).jpg

    Photo (16) (4).jpg

    आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । 

    Photo (21) (3).jpg