काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।
आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य मूल्यले बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।


