काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त शिक्षा, विज्ञान प्रविधिमन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपतिले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिएपछि पन्तलाई नियुक्त गरिएको हो ।


