आइतबार, कार्तिक १६ गते २०८३
images
images

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना,  एक जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख २२, २०८२ सोमबार
  • 421
    SHARES
  • धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना,  एक जनाको मृत्यु

    काठमाडौं । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images

    कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो । 

    जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ । गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको थियो । 

    images

    तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।
    घाइतेहरुः 
    भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर
    भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर 
    धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर 
    धनकुटाका ३४ वर्षीय धनकुमार बिक ।
    धनकुटाकै ६० वर्षीया दीर्घमाया राई ।
    भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ ।
    भोजपुरकै अनमोल तामाङ । 
    भोजपुरकी २४ वर्षीय सविना बराइली ।
    भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा । 
    भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ । 
    बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ । 
    सुनसरीका ४८ वर्षीय कृष्ण राउत ।
    सुनसरीका २७ वर्षीय आयुष राई ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना