आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 307
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    कात्तिक १ काठमाडौं । नेपाली स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

    महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो ।

    images