आइतबार, कार्तिक १६ गते २०८३
images
images

वर्षाका कारण कतै राहत, कतै घात 

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 613
    SHARES
  • वर्षाका कारण कतै राहत, कतै घात 

    कात्तिक १ जाजरकोट । आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ । नल र धान  छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेको छ ।

    images

    धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्कोतिर मकै भित्र्याएर गहुँ , तोरी र तरकारी बालीलाई भने फाइला भएको छ ।

    आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए । पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ ।

    images