शनिबार, भाद्र २७ गते २०८३
images

एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 219
    SHARES
  • एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । 

    images

    नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज बोर्ड बैठक बस्ने तयारी गरेको छ ।

    नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक शुक्रबार बिहान ९ बजे बस्ने बताइएको छ ।

    images

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # एसईई नतिजा