बुधबार, भाद्र २४ गते २०८३
images

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 449
    SHARES
  • एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । 

    images

    राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा शुक्रबार साझ सार्वजनिक गरेको हो । परीक्षामा सहभागि भएका कुल  विद्यार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

    images

    यसपटक ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ रहेको छ । त्यसैगरी २.८ देखि ३.२ जीपिए ल्याउने विद्यार्थीको संख्या ५९ हजार १२४ रहेको छ ।त्यसैगरी २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

    यसपटक १२६ जनाको परिक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

    यस वर्ष प्रदेशगतरुपमा कोशी प्रदेशमा ४५ हजार ८ सय ३५ जना उतिर्ण, मधेश प्रदेशमा ५९ हजार ७ सय ४९ जना, बाग्मती प्रदेशमा १ लाख १९ हजार ५ सय १७ जना, त्यस्तै गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ जना, लुम्बिनी प्रदेशमा ५७ हजार ६ सय ८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४ सय ५५ र सुदुरपश्चिम प्रदेशमा ५९ हजार ८ सय ४ जना ग्रेडिड भएका छन् । 

    नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # एसईई