आइतबार, कार्तिक १६ गते २०८३
images
images

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 173
    SHARES
  • मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ ।

    images

    शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ । मौद्रिक नीति नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ ।

    राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।

    images

    बिहीबार साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको हो । 

  • सम्बन्धित विषय:

  • # मौद्रिक नीति