बुधबार, भाद्र २४ गते २०८३
images

साउन २१ गतेभित्र शिक्षा विधेयक पारित नगरे पुनः आन्दोलन गर्ने महासंघको चेतावनी

एक्सप्रेस पाना
श्रावण २, २०८२ शुक्रबार
  • 315
    SHARES
  • साउन २१ गतेभित्र शिक्षा विधेयक पारित नगरे पुनः आन्दोलन गर्ने महासंघको चेतावनी

    काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ । 

    images

    शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए कडा आन्दोलनमा जाने चेतावनी दिदै अल्टिमेटम दिएको हो । 

    महासंघले आन्दोलनको स्वरुप र कार्यक्रमहरु भने पछि सार्वजनिक गर्ने बताएको छ ।  असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार पछि हटेको महासंघले जनाएको छ । 

    images

    साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नभएको बताउदै उनीहरुले सहमति कार्यान्वयनमा सरकारलाई इमान्दार हुन आग्रह गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # विद्यालय शिक्षा विधेयक