काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन एक लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।


