बुधबार, भाद्र २४ गते २०८३
images

मुगुमा एसईई पास भएका विद्यार्थीलाई कम्प्युटर र सिलाइ तालिम

एक्सप्रेस पाना
श्रावण ११, २०८२ आइतबार
  • 172
    SHARES
  • मुगुमा एसईई पास भएका विद्यार्थीलाई कम्प्युटर र सिलाइ तालिम

    मुगु । मुगुमा एसइइ पास भएर आर्थिक अभाभले उच्च शिक्षा तथा प्राबिधिक शिक्षा लिनबाट बन्चित युवाहरुलाई कम्प्युटर र सिलाइकटाइ तालिम दिइएको छ । 

    images

    गुड्नेवर इन्टरनेशनलको आर्थिक सहयोगमा किडाक नेपालको सहयोगमा १४ जनालाई आधारभुत तीन महिने कम्प्युटर र ११ जनालाई पहिलो चरणको सिलाइकटाइ तालिम दिइएको हो । 

    गुड्नेवर इन्टरनेशनलले आर्थिक सहयोगमा किडाक नेपालले तल्लो कक्षादेखि एसईईसम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र लता कपडा सहयोग गर्दै आएको थियो । 

    images

    कम्प्युटर शिक्षाले आधारभूत ज्ञान मात्र दिएको छैन् व्यवहारमा लागू गरेर आत्मनिर्भर हुन सहयोग पुर्याएको छाँयानाथ रारा नगरपालिका १३ बस्ने मुन बहादुर लावडले बताए ।

    उक्त संस्थाहरुले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनका लागि कम्प्युटर र सिलाईकटाई तालिमको निशुल्क, खाना, बास बस्न, यातायात खर्च, तालिममा प्रयोग हुने सामाग्री सहयोग गरेको छ । संस्थाहरुको सहयोगले हामीहरुलाई ठूलो सहयोग पुगेको ममता कुमाईले बताइन् ।

    प्रशिक्षक नरेश शाहीका अनुसार प्रत्यक्ष मात्र नभइ अप्रत्यक्ष रुपमा फोनबाट पनि कसैले ज्ञान लिन चाहे बताइदिने गरेका छौं । 
    समन्वय समिति उपप्रमुख नैली कार्कील ेसिकेको सीप प्रयोगमा ल्याई आत्मनिर्भर रहन आग्रह गरिन् । 

    परीक्षा सकेर घरमै बसिरहेका विद्यार्थीहरुलाई आयआर्जनबाट आत्मनिर्भर बन्नका लागि मुगुका तीन स्थानीय तहबाट गरिब बिपन्न बर्गका १४ जनालाई कम्प्युटर आधारभुत शिक्षा र ११ जनालाई सिलाईकटाइ तालिम प्रदान गरिएको किडाक नेपाल मुगुका प्रमुख कर्णजङ्ग शाहीले बताए ।

  • सम्बन्धित विषय:

  • # एसईई
  • # सिलाइ तालिम