काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएका भएका छन् ।
कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए ।


