आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्से ६०.५६ अंकले उकालो लाग्यो

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 253
    SHARES
  • नेप्से ६०.५६ अंकले उकालो लाग्यो

    कात्तिक ३ काठमाडौं । आज शेयर बजार नेप्से उकालो लागेको छ । लगातार घटेको नेप्से बुधबार ६०.५६ अंकले वृद्धि भएको हो । आज नेप्से २५७१.६६ विन्दुमा पुगेको छ ।

    images

    आज कुल २१७ कम्पनीको कारोबार भएको छ । यस्तै ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । आज कारोबार रकम २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भएको छ ।

    आज वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाएका छन् ।

    images

    आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

    एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरैले ओरालो लागेको छ ।