शनिबार, भाद्र २७ गते २०८३
images

दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ

एक्सप्रेस पाना
भाद्र १९, २०८२ बिहीबार
  • 253
    SHARES
  • दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ

    काठमाडौं । नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् । 

    images

    बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत राजनीतिक दलका पार्टी कार्यालयमा धर्नामा बस्ने कार्यक्रमको अन्तिम चरणमा रहेको बताएका हुन् । 

    images

    अध्यक्ष सुवेदीले शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन नभए दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गरी कडा आन्दोलन गर्ने बताए ।

    ‘आज धर्नाको कार्यक्रम अन्त्य हुन्छ । भोलि हामी बैठक बस्दैछौ । बैठकपछि दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गर्छौ । विस्तारै आन्दोलनले गति समात्दैछ । हिजो ०८१÷०८२ मा भएको भन्दा कडा आन्दोलन हामी गर्छौ,’ उनले भने । 

    उनले धर्नामार्फत राजनीतिक दलका नेताहरुलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट शिक्षकहरुको समस्याको समाधान गरिदिन ध्यानाकर्षण पत्र बुझाएको बताए । 

    उनले भने,‘हाम्रो मुल मुद्दाहरु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट समाधान गरिदिनुपर्छ भन्नलाई आएका हौं । ध्यानाकर्षण पत्र पनि पेस गरेका छौ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले कुन ढङगले काम गर्छ त्यो अनुसार हाम्रो आन्दोलनको रुप अगाडि आउँछ । यदी ऐन जारी हुने दिशातिर गयो भने अबको लडाई संशोधनको हुन्छ ।’ 

    उनले महासंघको बैठक भोलि(शुक्रबार) बसी नयाँ कार्यक्रमहरुको सार्वजानिक गर्ने जानकारी समेत दिए । 

  • सम्बन्धित विषय:

  • # शिक्षक महासंघ