काठमाडौं । नैसर्गिक अधिकारको लागि गरिएको २०८२ भदौ २३ गतेका दिन ३०—४० जनाको बलिदान, साथै नयाँ तरिकाले लैजाने भनी गरिएको जेन जीको सफल आन्दोलन पछि अब बन्ने सरकारलाई लिएर मदभेद हुन थालेको छ ।
जस अनुरुप राष्ट्रपतिले आफ्नो बिशेष अधिकार प्रयोग गरी जेन जी समुहबाट प्रस्तावीत पुर्वप्रधानन्याधीस शुसिला कार्कीलाई नेपालको अन्तरिम सरकारको लागि प्रथम अन्तरिम महिला प्रधानमन्त्रीको रुपमा अगाडी सारेका छन् । यद्यपी आधिकारीक घोषणा भने भएको छैन । तत् पश्च्यात यो विषय अझ विवाद खडा भएको छ ।
एक पक्षको भनाई अनुसार संसद विघटन नगरी यही संसदीय प्रणालीबाट सरकार चलाउन नमिल्ने भन्ने छ भने अर्को पक्ष कुनै पनि व्यक्ति राजनितिमा वा सांसद पद लिएकाहरुले पूनः संसदमा आउन नहुने बताउ छन् । किनकी यो आन्दोलनको प्रमूख एजेण्डा नै नयाँ संविधान सहितको नयां सरकारको संसद बनाउने हो ।
यस विषयलाइृ लिएर अबको केही समय पछि राष्ट्रपति, प्रधान सेनापती, जेन जी प्रतिनिधि र शुसिला कार्कीसहितको बैठकले अन्तिम निर्णय लिनेछ । सो पछि नेपालको अन्तरिम प्रधानमन्त्रीको आधिकारकी रुपमा घोषणा हुनेछ ।
यस विषयमा तपाइको धारण के छ ?
.jpg)


