काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य सामन्य बढेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २५७० मा कारोबार भएको थियो ।


