आइतबार, कार्तिक १६ गते २०८३
images
images

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको 'अफर'

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 323
    SHARES
  • संविधान दिवसको अवसरमा नेपाल टेलिकमको 'अफर'

    काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा संविधान दिवस अफर २०८२ सार्वजनिक गरेको छ । 

    images

    नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल सरकारले २०८२ असोज ३ गते विशेष रुपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि "संविधान दिवस अफर २०८२"उपलब्ध गराउने भएको हो । सो अफर २०८२ असोज २ गते (बिहिबार) देखि असोज ४ गतेसम्म लागु हुनेछ । 

    यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । 

    images

    यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

    यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ । 

    आगामी असोज २ गतेदेखि असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा 'नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # अफर
  • # संविधान दिवस