आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

एक्सप्रेस पाना
आश्विन ३, २०८२ शुक्रबार
  • 289
    SHARES
  • आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    images

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । 

    मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

    images

    २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

    यसैदिन राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

    समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने छिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # संविधान दिवस