काठमाडौं । वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको भिसा आएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ती निकाल्दै वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न जाने टोलिको भिसा आउको जानकारी दिएको हो ।
नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले भिसा स्वीकृतिमा ढिलाइ गरेपछी क्यानले आईसीसी र यूएई क्रिकेट बोर्डसँग समन्वय गरेको थियो । नेपाली टोली सोमवार यूएई प्रस्थान गर्नेछन् ।



