आइतबार, कार्तिक १६ गते २०८३
images
images

हावाहुरीका कारण १९ हजार रोपनीमा लगाइएको धान ढले

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 251
    SHARES
  • हावाहुरीका कारण १९ हजार रोपनीमा लगाइएको धान ढले

    कात्तिक ५ खोटाङ । वर्षासँगै चलेको हावाहुरीका कारण खोटाङमा १९ हजारभन्दा बढी रोपनीमा लगाइएको पाक्न लागेको धानबाली ढलेको छ । ३१ असोजदेखि २ कात्तिकसम्म परेको वर्षासँगै आएको हावाहुरीका कारण जिल्लाका १० स्थानीय तहका १९ हजार एक सय रोपनी क्षेत्रफलमा पाक्न लागेको धानबाली ढलेको हो । 

    images

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका करिब आठ प्रतिशत धानबाली वर्षा र हावाहुरीले ढालेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लाका १२ हजार आठ सय ९८ हेक्टर जमिनमा धान रोपाईं हुने गरेको छ । 

    प्रारम्भिक तथ्यांकअनुसार खोटेहाङ गाउँपालिकामा सबैभन्दा बढी आठ हजार रोपनीमा पाक्न लागेको धान ढलेर नष्ट भएको कृषि प्रसार अधिकृत पण्डितले बताए ।

    images

    कृषि ज्ञान केन्द्रका अनुसार रावाबेँसी गाउँपालिकामा चार हजार रोपनी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई हजार रोपनी, बराहपोखरी गाउँपालिकामा एक हजार आठ सय रोपनी, जन्तेढुंगा गाउँपालिकामा एक हजार रोपनी, साकेला गाउँपालिकामा एक हजार रोपनी, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक हजार रोपनी, हलेसी तुवाचुङ नगरपालिकामा दुई सय रोपनी र केपिलासगढी गाउँपालिकामा एक सय रोपनी क्षेत्रफलमा लगाइएको धान ढलेको हो । 

    ऐंसेलुखर्क गाउँपालिकामा लगाइएको धानबालीमा पुगेको क्षतिका विषयमा जानकारी आउन बाँकी छ । प्राविधिकको टोलीमार्फत धानबालीमा पुगेको क्षतिका विषयमा तथ्यांक संकलन भइरहेको कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । 

    कतिपय फुल्दै गरेका र कतिपय भित्र्याउने बेलाको धानबालीमा क्षति पुग्दा धानको उत्पादन घट्ने भएकाले किसान चिन्तित बनेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६÷०७७ मा १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको थियो । 

    वर्षा तथा हावाहुरीका कारण कोदो, जुनेलो, फापरलगायतका बालीनाली ढालेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी स्थानीय फूलसरी राईले बताइन् ।न्यूज कारखाना