आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्यो

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 270
    SHARES
  • आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्यो

    कात्तिक ५ काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बिहीबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ नै कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    बिहीबार चाँदीको भाउ घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

    images