आइतबार, कार्तिक १६ गते २०८३
images
images

वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 215
    SHARES
  • वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

    काठमाडौं ।  रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ । 

    images

    यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । 

    केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण धान संगै तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पुर्‍याएको छ। वर्षाबाट  १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफलको तरकारी, २ सय हेक्टर क्षेत्रफलमा लगाइएको  केरा र २.३२ प्रतिशत हेक्टरको फलफूलमा क्षति भएको उनले जानकारी दिए। बागमती, लालबकैया,चादी , झाझ र लमाहा नदिले धानबालीमा ठूलो क्षति पुर्‍याएको हो । 

    images

    यस बर्ष समयमा वर्षा नहुँदा रोपाइ चिन्तामा रहेका कृषकलाई भारी वर्षा र हावाहुरीले झन् पीडा दिएको छ । धानमा बाला लाग्ने बेला समयमा भएको वर्षाका कारण धान लडेपछि  चिन्तामा रहेको कृषक रामनाथ पटेलले बताए । 

    यति बेला  धान बाली परिपक्व हुन्छ उनले भने केहि दिन अघिको भीषण वर्षाले क्षति गर्‍यो ।   

    अत्यधिक वर्षाले यहाका अधिकाश कृषकको धानबाली, तरकारी, उखु, केरा, फलफूलमा क्षति पुर्याएकाले विभिन्न निकाय संग  सहयोगको अपेक्षा गरेका छन । यस विषयमा  तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनिहरुको माग छ ।

  • सम्बन्धित विषय:

  • # धान बाली