आइतबार, कार्तिक १६ गते २०८३
images
images

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

एक्सप्रेस पाना
कार्तिक ११, २०८२ मंगलबार
  • 222
    SHARES
  • उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

    काठमाडौं । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ ।

    images

    तीन दिन अघि शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो । 

    हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

    images

    भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरु आफूले चढाएका प्रसादहरु बोकेर घर फर्किन्छन । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरुलाई पनि प्रसाद दिने चलन रहेको छ ।

    जनकपुरधामसहित धनुषामा छठ पर्व धुमधामका साथ मनाइएको छ । जनकपुरधामको मुख्य सरोवरहरु आन्तरिक तथा वाह्य पर्यटकहरुलेसमेत भरिभराउ देखिएको थियो । गृहमन्त्री ओम प्रकास अर्यालसहितको टोलीले पनि जनकपुरमको एतिहासिक गंगासागर सरोवरको छठ घाटमा सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # छठ पर्व