आइतबार, कार्तिक १६ गते २०८३
images
images

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

एक्सप्रेस पाना
कार्तिक ६, २०७८ शनिबार
  • 445
    SHARES
  • महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

    कात्तिक ६ महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ । 

    images

    जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ । बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

    संघ र प्रदेश सरकारले नोक्सान व्यहाेरेका किसानलाई राहत प्याकेज घोषणा गरेपनि अहिलेसम्म महोत्तरीका किसानले राहत दिएकाे छैन ।  

    images

    `कस्ता किसानलाई कसरी राहत प्रदान गर्ने भन्ने विषयमा हामी अझै अलमलमा छौँ, स्थानीय तहसग छलफल भइरहेको छ,´ कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले भने । मोडालिटी तयार गरेर किसानहरुलाइ राहत वितरण गर्ने तयारी गरिरहेको उनकाे भनाइ छ ।