आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा चार सयले बढ्यो

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 420
    SHARES
  • सुनको मूल्य तोलामा चार सयले बढ्यो

    कात्तिक ७ काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको हो । 

    images

    महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार चाँदीको मूल्य एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।